दफा ९५
सुच्च पदस्थ व्यक्तिको विवरण राख्ने
(१) सम्बन्धित निकाय वा संस्थाले उच्च पदस्थ व्यक्तिको विवरण राख्दा देहाय बमोजिम वर्गीकरण गरी राख्नु पर्नेछ:-

(क) पदमा बहाल रहेका उच्च पदस्थ व्यक्ति,

(ख) पदमा बहाल नरहेका उच्च पदस्थ व्यक्ति,

(ग) छिमेकी वा नजिकका मुलुकको विदेशी उच्च पदस्थ व्यक्ति,

(घ) अन्य विदेशी उच्च पदस्थ व्यक्ति,

(ङ) अन्तर्राष्ट्रिय संस्थाको उच्च पदस्थ व्यक्ति ।

(२) उपनियम (१) बमोजिमको सूची पछिल्लो पटक उच्च पदस्थ पदबाट हटेको मितिले जोखिमका आधारमा कम्तीमा पनि दश वर्षसम्म राख्नु पर्नेछ।